चिनियाँ विद्युतीय गाडी निर्माता कम्पनी लीपमोटरले आफ्नो लोकप्रिय एसयूभी मोडल बी–१० लाई पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा ल्याएर नयाँ इतिहास रचेको छ। नेपालका लागि आधिकारिक वितरक साँग्रिला मोटर्सले यो विद्युतीय एसयूभीलाई औपचारिक रूपमा सार्वजनिक गर्दै नेपाली ईभी बजारमा नयाँ उत्साह थपेको छ।
गत अप्रिलमा चीनमा सार्वजनिक भएको बी–१० अहिले युरोपियन बजार प्रवेशको तयारीमा छ। तर, नाइमा मोबिलिटी एक्स्पोको कारण यो मोडल नेपालमा सबैभन्दा पहिला उपलब्ध भएको हो। बी टेन क्रसओभर एसयूभीको दुई भेरियन्ट नेपाल भित्रिएको हो। सुरुवाती मूल्य ४९ लाख ९९ रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ।
बी–१० मा १६० किलोवाट क्षमताको पावरफुल मोटर र ६७.१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसले एक पटकको चार्जमा ६०० किलोमिटर (सीएलटिसी) र ४६० किलोमिटर (डब्ल्यूएलटिपि) सम्मको प्रभावकारी रेन्ज प्रदान गर्छ। चार्जिङ सुविधाको हिसाबले पनि यो मोडल लचिलो छ—११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डिसी फास्ट चार्जरमार्फत चार्ज गर्न सकिन्छ। यसले नेपाली सडकमा लामो यात्रा गर्ने ग्राहकहरूलाई आत्मविश्वास प्रदान गर्नेछ।
बी–१० केवल शक्तिशाली मात्र नभई प्रिमियम आराम र सुविधासँग पनि सुसज्जित छ। यसमा १८० मिमी ग्राउन्ड क्लियरेन्स, १४.६ इन्च २.५के एचडि टचस्क्रिन, रेकर्डिङसहितको ३६०–डिग्री क्यामेरा, हिटिङ र भेन्टिलेसनसहितका प्रीमियम लेदरेट सिट, र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफ जस्ता फिचर पाउन सकिन्छ। यसबाहेक, यसमा एडीएएस लेभल–२ फिचर जडान गरिएको छ, जसले सुरक्षात्मक ड्राइभिङ अनुभवलाई अझ उन्नत बनाउँछ।
बी–१० को लम्बाइ ४५१५ मिमी, चौडाइ १८८५ मिमी र उचाइ १६५५ मिमी रहेको छ भने, २७३५ मिमी लामो ह्वीलवेसका कारण यो सहर र हाइवे दुबैमा उपयुक्त देखिन्छ। यसको रियर–व्हील ड्राइभ सिस्टमले पर्फमेन्सलाई अझ शक्तिशाली बनाएको छ।
यसको असाधारण रेन्ज, उन्नत सुविधाहरू र प्रिमियम डिजाइनसहित, बी–१०ले नेपालमा इलेक्ट्रिक गाडीको जगतमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।
विद्युतीय सवारीसाधनप्रति बढ्दो चासोका बीच, लीपमोटर बी–१० ले नेपालमा प्रिमियम ईभी अनुभवको नयाँ परिभाषा ल्याउने वाचा गरेको छ। यसको शक्ति, रेन्ज, सुरक्षात्मक प्रविधि र लक्जरी सुविधाले गर्दा यो मोडल नेपाली ईभी प्रेमीहरूका लागि गेम–चेन्जर बन्ने सम्भावना प्रबल देखिन्छ।































प्रतिक्रिया