पूर्वराष्ट्रपति भण्डारीको सदस्यता एमालेले रोक्न मिल्दैन -उपाध्यक्ष सुरेन्द्र पाण्डे

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता एमालेले रोक्न मिल्दैन -उपाध्यक्ष सुरेन्द्र पाण्डे

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पार्टीले रोक्न नमिल्ने बताएका छन् ।

सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष पाण्डेले भने, ‘भण्डारीको प्रवेशलाई पनि मलाई के लाग्छ भने यो पार्टीले रोक्छ जस्तो लाग्दैन । फर्कंदैन कि फर्कंदैन भनेको यो पार्टी पनि फरक्क फर्कने स्थिति देखिन्छ ।’

अब हुने विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको विषयमा छलफल हुने पनि उनले बताए । उनले भने, ‘विधान महाधिवेशनमा आउने प्रस्तावहरूमा पनि विमतिलाई समेटेर नगए फरक मत लेख्ने कुरा गरेका छौँ, राख्छौँ ।’

Skip This
Skip This
Logo