कांग्रेस लुम्बिनीका नेता विक्रमसिंह थापा पदमुक्त

कांग्रेस लुम्बिनीका नेता विक्रमसिंह थापा पदमुक्त

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीले पार्टीको लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विक्रमसिंह थापालाई कारबाही गरी पदमुक्त गरेको छ ।

पार्टी पद्धतिमा नरहेको र नेतृत्वलाई असहयोग गरेको भन्दै उनलाई कारबाही गरिएको हो । नेपाली कांग्रेस विधान २०७१ (संशोधनसहित)को परिच्छेद–७ को धारा १३ को उपधारा १० बमोजिम थापालाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।

थापालाई साउन ११ गते नै कारबाही गरिएपनि अहिलेसम्म यसलाई गोप्य राखिएको थियो ।

Logo