काठमाडौं । भारतको गुहाटी भ्रमणमा रहेको नेपाल ‘ए’ ले सिरिजको निर्णायक खेलमा आसाम स्टेट टिमलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
पाँच खेलको सिरिजको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा ५विकेट गुमाएर २०८ रन जोडेको हो । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ३९ बलमा सर्वाधिक ६४ रन जोडे । त्यस्ते, शुभ कंसाकारले २६ बलमा ४१ रन जोड्दा मोहम्मद आदिल आलम ११ बलमा २५ रन बनाएर नटआउट रहे ।
हाल सिरिज २–२ को स्थितिमा छ । आजको खेल जित्ने टिमले सिरिज आफ्नो पक्षमा पार्नेछ ।
श्रृंखलाको पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः ९६ रन र ९ रनको जित निकालेको थियो । तर आइतबार चौथो खेलमा चुक्दा आज उत्कृष्ट पुनरागमन गरेर सिरिज जित्ने योजनामा छ ।





























प्रतिक्रिया