मनाङ प्रदेशसभा -२ उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ताको आह्वान

मनाङ प्रदेशसभा -२ उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ताको आह्वान

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । मनाङको प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ को रिक्त स्थानमा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।

भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ।

निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ ।

उक्त क्षेत्रमा २०७९ मा भएको निर्वाचनमा राजीव गुरुङ (दीपक मनाङ्गे) निर्वाचित भएका थिए । उनी ज्यान मुद्दामा दोषी ठहर भइ सर्वोच्च अदालतले पदमुक्त गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Skip This
Skip This
Logo