नामी भिगो : नेपाली इलेक्ट्रिक एसयूभी बजारमा नयाँ क्रान्ति

नामी भिगो : नेपाली इलेक्ट्रिक एसयूभी बजारमा नयाँ क्रान्ति

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपालको विद्युतीय सवारी बजार पछिल्ला वर्षहरूमा तीव्र गतिमा अघि बढिरहेको छ। विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरूले आफ्नो उत्पादन प्रस्तुत गरिरहेका बेला नेपाली ब्राण्ड नामी भने क्रमशः नयाँ मानक स्थापित गर्दै अघि बढिरहेको छ। नामी ०१ को सफलतापछि कम्पनीले ल्याएको नयाँ उत्पादन नामी भिगो यसपटक झन् विशेष बनेको छ। यसलाई नाडा अटो शो २०२५ मा प्रस्तुत गर्दै नामीले नेपाली विद्युतीय गतिशीलता यात्रामा अर्को कोसेढुङ्गा थपेको छ।

नामी भिगो एक कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो, जसले प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यलाई एउटै प्याकेजमा प्रस्तुत गरेको छ। कम्पनीले यसलाई आधुनिक शहरी जीवनशैलीका लागि उपयुक्त हुनेगरी डिजाइन गरेको छ।

नामी भिगो दुई भेरियन्टमा उपलब्ध छ — ई–टु र ई–टु प्लस। दुवै भेरियन्ट ग्राहकलाई उत्कृष्ट मूल्य दिने हिसाबले तयार पारिएका छन्। ई–टु भेरियन्टमा किफायती मूल्यमा आधारभूत तर प्रिमियम सुविधा पाइन्छ भने ई–टु प्लसले अझै उन्नत सुविधा र सुविधा सम्पन्न यात्रा सुनिश्चित गर्छ। यसरी फरक–फरक आवश्यकता र बजेटअनुसार उपभोक्ताले आफ्ना लागि उपयुक्त मोडल रोज्न सक्छन्।

यसले थ्री सी फास्ट चार्जिङ (१६७ डिसी) सपोर्ट गर्छ, जसले गर्दा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन जम्मा १८ मिनेट मात्र लाग्छ। व्यस्त शहरी जीवनशैलीमा छिटो चार्जिङ ठूलो राहत हो। बाहिर घुम्न वा क्याम्पिङमा जाँदा गाडीमै संगीत सुनाउने सुविधा दिने एक्स्टेरियर स्पिकर समेत यसमा उपलब्ध छ, जसले आउटडोर अनुभवलाई अझै रमाइलो बनाउँछ।

सुविधा र प्रविधिको कुरा गर्दा भिगोमा लेभल २ एडीएएस, वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालक साइडमा हिटेड र भेन्टिलेटेड सिट जस्ता फिचर पनि पाइन्छन्। गाडीमा बस्नासाथ वेलकम साउण्ड बज्छ, जसले यात्रा सुरु गर्नुअघि नै उत्साह थप्छ। आर–१८ टायर, अटोमेटिक हाई–लो बिम हेडलाइट र डिले–अफ फिचरले सुरक्षित र सहज ड्राइभ अनुभव दिन्छ। इन्टेलिजेन्ट एसी प्रणालीमा एनअभी, रेस्ट, स्नो जस्ता विशेष मोड छन्। गाडीलाई कारभित्र वा मोबाइलमार्फत चलाउन सकिने भ्वाइस कन्ट्रोल सुविधा पनि समावेश गरिएको छ।

यात्रामा आरामसँगै व्यवस्थापन पनि जरुरी हुन्छ। यही हिसाबले भिगोमा ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेस उपलब्ध छन्, जसले सामान राख्न सजिलो बनाउँछ। यसले परिवारदेखि साहसिक यात्रामा जाने समूहसम्म सबैलाई उपयुक्त हुने देखिन्छ।

डिजाइनका हिसाबले पनि नामी भिगो निकै आकर्षक छ। बाहिरी रूपले म्याजिक क्यूब एक्सटेरियर, टी–आकारका एलईडी हेडलाइट, त्रिकोणाकार पिक्सेल टेललाइट र डुअल–टोन १८ इन्च रिम्सले यसलाई स्टाइलिश बनाएका छन्। भित्री भागमा मिनिमलिस्ट स्मार्ट केबिन, ठूलो १२.८ इन्च इन्फोटेनमेन्ट स्क्रिन, ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई–फ्ल्याट सिटिङ र वायरलेस चार्जिङ जस्ता सुविधा पाइन्छन्। ई–टु प्लस भेरियन्टमा त सनरुफ र ३६० डिग्री क्यामेरा पनि थपिएको छ।

अब मूल्यको कुरा गरौं। नामी भिगोको ई–टु भेरियन्टको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने ई–टु प्लसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ छ। तर नाडा अटो शो २०२५ का लागि कम्पनीले विशेष लन्च अफर ल्याएको छ। शो अवधिमा ई–टु भेरियन्ट ३७ लाख ९९ हजारमा र ई–टु प्लस ४० लाख ९९ हजारमा उपलब्ध हुनेछ। यसरी विशेष अवसरमा दिइएको अफरले भिगोलाई झनै आकर्षक बनाएको छ।

नामी भिगोलाई प्रस्तुत गर्दै कम्पनीले के प्रस्ट सन्देश दिन खोजेको छ भने — नेपाली उपभोक्ताले अब शैली, सुविधा, प्रविधि र किफायती मूल्यबीच सम्झौता गर्नुपर्ने अवस्था छैन। एकैसाथ यी सबै पाउनु सकिन्छ, त्यो पनि नेपाली बजारकै लागि डिजाइन गरिएको उत्पादनमा। विद्युतीय गतिशीलता केवल वातावरणमैत्री विकल्प मात्र नभई जीवनशैलीकै हिस्सा बन्न सक्छ भन्ने देखाउने प्रयास भिगोमार्फत गरिएको छ।

आधुनिक शहरी जीवनशैलीसँग मेल खाने डिजाइन, छिटो चार्जिङ क्षमतासहितको दक्षता, प्रिमियम फिचरहरूको संयोजन र सबैभन्दा महत्त्वपूर्ण कुरा किफायती मूल्य—यी सबै कारणले नामी भिगोलाई नेपालको विद्युतीय गतिशीलता यात्रामा नयाँ माइलस्टोनका रूपमा स्थापित गरेको छ।

Logo