किन रोज्ने जिकर एक्स? यस्ता छन् विशेषता

किन रोज्ने जिकर एक्स? यस्ता छन् विशेषता

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । नेपालका लागि जिकर ईभीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले चाडपर्व लक्षित विशेष अफर ‘जिकर फेस्टिभ थ्रिल’ ल्याएको छ। यस अफरअनुसार ग्राहकले ८४ लाख ९९ हजार रुपैयाँ मूल्यको जिकर एक्स ६९ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।

कम्पनीले ग्राहकलाई आठ वर्ष वा १,६०,००० किलोमिटर वारेन्टी, एक वर्षको अटो प्लस इन्स्योरेन्स, एक वर्षको सडक कर र सात किलोवाटको वाल चार्जर समेत उपलब्ध गराउने जनाएको छ। यो अफरले नेपाली बजारमा विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि एकदमै आकर्षक अवसर प्रदान गरेको छ।

जिकर एक्समा २०० किलोवाटको मोटर पावर छ, जसले तीव्र, शक्तिशाली र स्थिर ड्राइभिङ अनुभव प्रदान गर्छ। यसमा लेभल २ एडीएएस प्रणाली जडान गरिएको छ, जसले स्मार्ट ड्राइभिङ, अडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र स्वतः आपतकालीन ब्रेकिङ सुविधा उपलब्ध गराउँछ। १९१ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र सात ओटा एयरब्यागले यात्रु र चालक दुवैलाई उच्च सुरक्षा प्रदान गर्छ। यसले युरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा फाइभ–स्टार सुरक्षा रेटिङ पाएको छ। जसले विश्वसनीयता र सुरक्षामा उत्कृष्टता सुनिश्चित गरेको छ।

चाडपर्वको अवसरमा पायोनियर मोटोकर्पले जिकर एक्सलाई सजिलो वित्तीय सुविधा र विशेष छुटसहित उपलब्ध गराउँदै ग्राहकलाई नजिकैको जिकर शोरुम भ्रमण गरी अफरको लाभ लिन आग्रह गरेको छ। यसले उपभोक्तालाई विद्युतीय एसयूभी खरिदमा सहजता र विश्वास प्रदान गर्दै विद्युतीय गाडीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

जिकर एक्स किन रोज्ने ?

यसको प्रिमियम डिजाइन, स्मार्ट प्रविधि र सुरक्षा सुविधाले यो गाडीलाई नेपाली बजारमा विशिष्ट बनाउँछ। ग्राहकले पाउनु हुने स्मार्ट ड्राइभिङ असिस्ट, फाइभ–स्टार सुरक्षा, शक्तिशाली मोटर पावर र दीर्घकालीन वारेन्टी जस्ता फिचरहरूले यसलाई अन्य विद्युतीय एसयूभीसँग तुलनात्मक रूपमा फरक बनाउँछ। यसले विद्युतीय गाडी खरिदमा विश्वासिलो, सुरक्षित र आरामदायी विकल्प प्रस्तुत गर्दछ।

त्यसैगरी, जिकर एक्सको इन्टेरियर अत्याधुनिक र विलासी छ। आधुनिक ड्यासबोर्ड, ठूलो इन्फोटेनमेन्ट स्क्रिन, आरामदायी सीटिङ र हाइट–एडजस्टेबल हेडरेस्टले लामो यात्रामा पनि आराम सुनिश्चित गर्छ। ग्राहकले गाडीमा उपलब्ध स्मार्ट कनेक्टिभिटी र डिजिटल सुविधाहरू प्रयोग गरेर दैनिक यातायातलाई सहज र रमाइलो बनाउन सक्छन्।

विद्युतीय गाडीको प्रयोग र वातावरणमैत्री यात्रा प्रवर्द्धन गर्दै जिकर एक्सले ग्राहकलाई लक्जरी, सुरक्षा र स्मार्ट सुविधाको उत्कृष्ट मिश्रण प्रदान गर्छ। पायोनियर मोटोकर्पले ल्याएको यो ब्रान्ड नेपाली बजारमा विद्युतीय एसयूभी खरिद गर्न चाहने ग्राहकका लागि दीगो, भरपर्दो र आकर्षक विकल्पको रूपमा स्थापित भएको छ।

Skip This
Skip This
Logo