सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक -डा. शेखर कोइराला

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक -डा. शेखर कोइराला

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको आलोचना गरेका छन्।

जनचाहना र आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्नु ‘घोर आपत्तिजनक’ भएको उनले बताएका हुन्।

सामाजिक सञ्जालमा डा. कोइरालाले लेखेका छन्, “यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ?”

उनले सरकारलाई तत्काल यो निर्णय फिर्ता लिन आग्रह गर्दै सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न सुझाव दिएका छन्। उनले भने, “यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु।”

सरकारले अदालतको आदेशको हवाला दिँदै केही प्लेटफर्महरू बन्द गर्ने तयारी गरिरहेको छ।

Logo