विश्वकप छनोटमा अर्जेन्टिनाको शानदार जित, मेस्सीको २ गोल

विश्वकप छनोटमा अर्जेन्टिनाको शानदार जित, मेस्सीको २ गोल

केन्द्रबिन्दु
78
Shares

काठमाडौं। विश्वकप छनोट खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–० को फराकिलो अन्तरले पराजित गरेको छ। यस जितसँगै अर्जेन्टिनाले छनोट तालिकामा आफ्नो शीर्ष स्थान कायम राखेको छ।

खेलको ३९औँ मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो प्रदर्शनलाई थप बलियो बनायो। ७६औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता २–० मा पुर्‍याए। ८०औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को सहज जित दिलाएका हुन् ।

भेनेजुएलाले खेलमा गोलका केही अवसरहरू पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। अर्जेन्टिनाको बलियो रक्षापंक्ति र गोलकिपरको उत्कृष्ट प्रदर्शनका कारण भेनेजुएलाले कुनै गोल फर्काउन सकेन।

अर्जेन्टिना विश्वकपमा छनोट भैसकेकाे छ । हाल अर्जेन्टिना १७ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ ।

Skip This
Skip This
Logo