काठमाडौं । नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ पर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘भित्र्याऔँ खुशी र समृद्धि, ह्यासट्याग लेभल अप विथ सीजी’ अन्तर्गत विभिन्न उपहार, क्यासब्याक अफर ल्याएको हो।
ग्राहकले अत्याधुनिक सीजी र सीजी मेरिडिया सिग्नेचर सिरिजका उत्पादनहरुमा १ लाख ८१ हजार ९ सय रूपैयाँसम्मको आकर्षक क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ।
यस्तै, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट, सेमी अटोमेटिक तथा टप लोड वासिङ मेसिन खरिदमा ३ केजी एरियल, फ्रन्ट लोड वासिङ मेसिनमा ६ केजी एरियल, डिस्वाशर खरिदमा डिस्वाशर वासिङ ट्याब्लेट र एयर कन्डिसनर खरिद गर्दा इन्स्टलेसन सेवा नि:शुल्क प्राप्त गर्न सक्नेछन्।
४३ इन्च र त्यसभन्दा माथिका सीजी र सीजी मेरिडिया टीभीको खरिदमा ९ महिनाको नेटटीभी सब्सक्रिप्सन निःशुल्क रहेको छ भने पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा र शून्य प्रतिशत ईएमआई सुविधा रहेको कम्पनीले जनाएको छ।





























प्रतिक्रिया