रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेसडरमा रविन्द्र ढाँट

रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेसडरमा रविन्द्र ढाँट

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेसडरमा अनुबन्धित भएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनले रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेसडरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ढाँटले रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसले ब्राण्ड एम्बेस्डरमा आफूलाई चुनेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।

यता रोहिनी इन्टरनेशनलले पनि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन)को उपाधि जितेर इतिहास रच्न सफल ढाँटलाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्धित गर्न पाउँदा हर्षित भएको जनाएको छ ।

Skip This
Skip This
Logo