काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन नसकेर इगोका आधारमा नेपालमा सूचिकृत नभएको भन्दै सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको बताए ।
डिजिटल मिडिया फाउन्डेशनको आयोजना शनिवार ललितपुरमा भएको आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतको फैसलाका आधारमा टेकेर सरकोले निर्णय गरेको भन्दै अदालतले बन्द गर नभनी नियमन गर मात्र भनेको र नियमन कानुन बनाएर गर्नुपर्ने बताएका हुन् ।
उनले यसले राजनीतिक, सामाजिक, आर्थिक र अपराध अनुसन्धानसम्मको चरणमा नकारात्मक असर पर्ने भन्दै सरकार हामीले भनेको नमान्ने ? देखाइदिउँ भन्ने इगोमा पुगेर सामाजिक सन्जाल बन्द गरेको तर्क गरे । उनले यसमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको इगोका कारण सामाजिक सन्जाल बन्द गरिएको दाबी समेत गरे ।
सरकारले आपराधिक घटना देखाएर सामाजिक सन्जाल बन्द गराएको तर कानुनी बाटोबाट बन्द भएपनि भीपीएन चलाएर हुने अपराध नियन्त्रण झन् जटिल बन्ने बताए ।































प्रतिक्रिया