बीवाईडी एट्टो३ लाई ‘ईभी अफ द इयर अवार्ड २०२५’

बीवाईडी एट्टो३ लाई ‘ईभी अफ द इयर अवार्ड २०२५’

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । नेपाली बजारमा उपलब्ध सबैभन्दा उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा स्थापित बीवाईडी एट्टो३ लाई ‘ईभी अफ द इयर अवार्ड २०२५’ सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा बीवाईडी एट्टो३ लाई उक्त अवार्ड प्रदान गरिएको हो ।

नेपालको आधिकारिक वितरक साइमेक्स इंकले १०० किलोवाट क्षमताको एट्टो३ नेपाली बजारमा भित्र्याउँदै आएको छ । फास्ट चार्जिङ सुविधासहितको एट्टो ३ ले एक पटकको फूल चार्जमा ४२० किलोमिटरको माइलेन्ज रेन्ज दिनेछ ।

प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग प्रदान गरिएको छ । डी–पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्न सहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ । यसले गाडीलाई स्पोर्टी डिजाइन दिएकोले हेर्दा आकर्षक देखिन्छ ।

Logo