ओमोडा ई५ लाई ‘बेस्ट मिड साइज प्रिमियम इलेक्ट्रिक एसयुभी अवार्ड’

ओमोडा ई५ लाई ‘बेस्ट मिड साइज प्रिमियम इलेक्ट्रिक एसयुभी अवार्ड’

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । प्रिमियम डिजाइन र अत्याधुनिक सुविधाहरूले सुसज्जित ओमोडा ई५ इलेक्ट्रिक गाडी ‘बेस्ट मिड साइज प्रिमियम इलेक्ट्रिक एसयुभी अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा ओमोडा ई५लाई उक्त अवार्ड प्रदान गरिएको हो ।

६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको ओमोडा ई५ले ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ । ओमोडा ई५ को इन्टेरियरमा २४।६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

Skip This
Skip This
Logo