काठमाडौं । काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने प्लेटफर्म ‘आरवाईडी नेपाल’ औपचारिक रुपमा लन्च भएको छ। आइतबार ललितपुरकाे द प्लाजामा आयोजित ‘केन्द्रबिन्दु ईभी बज’ कार्यक्रममा यसकाे सुरुवात गरिएको हो ।
‘रेन्ट, राइड, अर्न’ नारासहित आरवाईडी नेपालले परम्परागत बाइक भाडाको समस्यालाई सम्बोधन गर्दै राइडरलाई नयाँ, भरपर्दो र काम गर्न सजिलो हुने बाइकहरू उपलब्ध गराउने जनाएको छ। हाल हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट सेवा सुरु भएको कम्पनीले जानकारी दिएको छ।
आरवाईडी नेपालका मुख्य विशेषताहरू:
नयाँ बाइकहरू मात्र: आरवाईडी नेपालले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड-न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ। यसले मर्मतको खर्च र तनावबाट राइडरलाई मुक्ति दिनेछ।
सुलभ दैनिक भाडा: कम्पनीले प्रति दिन रु. ८०० मात्र भाडा तोकेको छ। यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नरहेको बताइएको छ।
आर्थिक सशक्तिकरण: यो प्लेटफर्मले राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिन्छ। कम्पनीका अनुसार, एक राइडरले मासिक ४५ हजार रुपैयाँ भन्दा बढी सजिलै कमाउन सक्छन्, जसले उनीहरूलाई परिवारलाई सहयोग गर्न र आफ्ना सपना पूरा गर्न मद्दत गर्नेछ।
आफ्नै बाइकको स्वामित्व: आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्न सक्ने मोडल पनि तयार गरेको छ। यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्नेछ।
समग्र सहयोग: कम्पनीले राइडरलाई आवश्यक पर्ने अनबोर्डिङ ट्रेनिङ, फिडब्याकका लागि क्यूआर सिस्टम, समस्या समाधान, र सुरक्षाका लागि हेल्मेट तथा ट्राफिक नियम सम्बन्धी जानकारी सहितको सहयोग पनि उपलब्ध गराउनेछ ।
बिमा सुविधाः राइडरहरुलाई आइपर्ने दुर्घटनालगायतकाे अवस्थामा पूर्ण बिमा उपलब्ध हुनेछ । साथसाथै राइडर विरामी परे कम्पनीले अवस्था बुझेर दैनिक भाडामा छुट दिने रणनीति पनि अपनाएको छ ।
राइडरलाई सगुनः आरवाईडी नेपालले राइडरहरुलाई हेल्मेट, फाेन हाेल्डर, रेनकाेटका साथसाथै एकपटक सगुनस्वरुप रु.१५०० काे पेट्राेल पनि उपलब्ध गराउनेछ, जसले गर्दा राइडरहरुलाई कमाउन थप हाैसला दिनेछ ।
आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो । आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो । साथै राइडरलाई पहिलो प्राथमिकतामा राख्दै उनीहरुले भोग्ने समस्या समाधानमा कम्पनी अभिभावकको रुपमा प्रस्तुत भइरहेको छ । राइडरहरुलाई विना झन्झट सुरक्षित यात्राको सहयात्री बन्न कम्पनी प्रतिबद्ध छ ।
भविष्यमा पेट्रोल बाइकको साथै ईभी बाइक पनि समावेश गर्ने योजना रहेको कम्पनीले बताएको छ।































प्रतिक्रिया