जेन–जी पुस्ताको माग तत्काल पूरा गर्न अध्यक्ष प्रचण्डको माग

जेन–जी पुस्ताको माग तत्काल पूरा गर्न अध्यक्ष प्रचण्डको माग

केन्द्रबिन्दु
51
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी पुस्ताले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरूद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन्।

सोमबार जेन–जीको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस् । आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु ।’

Skip This
Skip This
Logo