अमेरिका, बेलायतसहित ९ देशले भने- जेनजी आन्दोलनमा शान्तिपूर्ण समाधान खोजौं

अमेरिका, बेलायतसहित ९ देशले भने- जेनजी आन्दोलनमा शान्तिपूर्ण समाधान खोजौं

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपालमा रहेका संयुक्त राज्य अमेरिकासहित ९ देशका राजदूतावासले जेनजी आन्दोलनमा शान्तिपूर्ण समाधान खाेज्न आग्रह गरेका छन् ।

सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले शान्तिपूर्ण सभा र अभिव्यक्ति स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन रहेको उल्लेख गरेका हुन् ।

‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

Skip This
Skip This
Logo