काठमाडौंका यी स्थानमा आज पनि कर्फ्यू आदेश जारी

काठमाडौंका यी स्थानमा आज पनि कर्फ्यू आदेश जारी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालद्वारा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ८ः३० बजेदेखि अर्काे आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामङ्गल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भूभागमा कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू आदेशअनुसार काठमाडौं महानगरपालिकाका चक्रपथभित्र चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

Skip This
Skip This
Logo