खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा

खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले पनि राजीनामाको घोषणा गरेका छन् । आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै उनले राजीनामा दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’

Skip This
Skip This
Logo