संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

संयमता अपनाउन डा. सन्दुक रुइतको अपिल

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ तथा डा.सन्दुक रुइतले जेनजी आन्दोलनकारीहरूलाई संयमता अपनाउन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहेका उनीहरूलाई सार्वजनिक सम्पत्तीको रक्षा गर्नु हरेक नेपालीको दायित्व भएको स्मरण गराएका हुन् ।

उनले भनेका छन्, “भाइबहिनीहरू, तपाईँहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।”

उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व भएको दोहोर्याउँदै भनेका छन्, “सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिउँ । संयम बनौँ, सबै मिलेर देश जोगाउँ, सबै जुटेर देश बनाउँ ।”

Skip This
Skip This
Logo