ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे

जिल्लाको मण्डनदेउपुर नपा १० चण्डेनीमण्डनका पहिरो पीडितलाई सोहि वडाका वडाध्यक्ष विष्णुमणि नेपालले आफूले वडाध्यक्ष भएपछि पाउने एकवर्षको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् । "/>

वडाध्यक्षको वचन- ‘एकवर्षको पारिश्रमिक पहिरोपीडितलाई दिन्छु’

वडाध्यक्षको वचन- ‘एकवर्षको पारिश्रमिक पहिरोपीडितलाई दिन्छु’

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी
चण्डेनीमण्डन, काभ्रे

जिल्लाको मण्डनदेउपुर नपा १० चण्डेनीमण्डनका पहिरो पीडितलाई सोहि वडाका वडाध्यक्ष विष्णुमणि नेपालले आफूले वडाध्यक्ष भएपछि पाउने एकवर्षको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

साउन २२ गतेको अविरल वर्षापछि सो वडाको नारिमखर्क भन्दामाथी र हलेदेछाप तलको वीच भाग चिनेसेरा भन्ने ठाउँमा पहिरो गइ घरहरु पुरिंदा स्थानिय हेम बहादुर तामाङका डेढ वर्षका छोरा दिपक तामाङको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएका थिए । सो पहिरोमा परि १९ घरहरु क्षति ग्रस्त भएका छन् भने ६० घर उच्च जोखिममा रहेका छन् ।

घटना पछि लगत्तै बसेको जनप्रतिनिधीहरुको बैठकले पहिरो पिडित वस्ती स्थानान्तरण तथा राहतकोषको स्थापना गरि सबैलाई उक्त कोषमा सहयोगका लागी अनुरोध गरेको छ । घटना लगत्तै पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, कारितास नेपाल, नेपाल प्रहरी, स्थानियवासी, जनप्रतिनिधी, राजनितीक दलका प्रतिनिधी लगायतले उद्धार गरी विभिन्न विद्यालय, सामुदायीक भवन लगायतमा आश्रय दिइएको छ ।

यसका साथै श्रावण २५ गते बसेको वडा र बिपत ब्यबस्थापन समिति चण्डेनीमण्डनको बैठकबाट पहिरोमा परि ज्यान गुमाउने परिवारलाई ७ हजार र घाइतेहरुलाई ५ हजार राहत उपलब्ध गराउने निर्णय गरिएको छ । साथै पीडितहरुको पहिचान गर्न वडा भरी नै अनुगमन गरि सहि तथ्यांक संकलन गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ ।

भुकम्पले निम्त्याएको घाउ निको नहुदै अर्को बिपती पहिरोको सामना गर्न बाध्य यहाँका पीडितहरुलाई तत्काल राहत र सुरक्षित ठाउँमा नमुना वस्ती सहितको आवास निर्माणका लागि आफूले एकवर्षको तलब सहयोग गर्ने घोषणा गरेको वडाध्यक्ष नेपालले बताए । साथै उक्त पहिरोपीडितहरुलाई सकेको सहयोग गर्न देश विदेशमा रहेका सबै दाजुभाई तथा दिदीबहिनीमा उनले अनुरोध पनि गरेका छन् । मण्डनदेउपुर नगरपालिकाले पनि पीडितहरुका लागि सहयोग गर्ने तयारी गरिरहेको बताइएको छ ।

पहिरोबाट बिस्थापित र प्रभावितहरुको लागि मल्हम लगाउने प्रयास स्वरुप सो वडाका जागरुक युवाहरुले सहयोग अभियान शुरु गरिसकेको स्थानियवासी कुमार तामाङले जानकारी दिए । सहयोग अभियान अन्र्तगत जोगिटार युवा वचत समुहबाट नगद ८ हजार ४ सय उपलब्ध गराउने निर्णय भएको समुहका महेश्वर नेपालले जानकारी दिए । त्यसै गरि इको हिमाल संस्थाबाट पनि १ लाख सहयोगको प्रतिबद्धता आएको  वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिएका छन् । विपतको यो घडीमा सबैलाई सहयोगका लागि उनले अनुरोध गरेका छन् ।

Logo