रवि लामिछाने आजै कारागार फर्किने, भने- ‘अब चाहिँ अन्याय हुन्न भन्ने आशा छ’

रवि लामिछाने आजै कारागार फर्किने, भने- ‘अब चाहिँ अन्याय हुन्न भन्ने आशा छ’

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज आफ्नो जन्मदिनको अवसरमा कारागार फर्किने घाेषणा गरेका छन् ।

कारागार जानुअघि प्रत्यक्ष प्रसारणमा आएर उनले आफूमाथि लागेका आरोप र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका हुन् । उनले आफ्नो जन्मदिनको उपहार स्वरूप आफैँलाई कारागार पठाएको बताउँदै विगतमा आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाए । उनले भने, “अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।”

उनले सहकारी प्रकरणमा आफूमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाबारे नयाँ सरकारको विवेकमाथि विश्वास व्यक्त गरे । “जसले सबैभन्दा बढी कानुन मान्दछ, उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन भन्ने कामना गर्छु,” उनले भने ।

केही दिनअघि कारागारबाट निकालिएको घटनाको विवादबारे स्पष्टीकरण दिँदै लामिछानेले आफूलाई भीडबाट जोगाउन नभई जेललाई जोगाउनका लागि प्रशासनले निकालेको बताए । उनले यस घटनाको वैधानिकताका नाममा कुनै कर्मचारीलाई अप्ठ्यारोमा पार्न नचाहने बताउँदै यसको जिम्मेवारी आफूले लिने घोषणा गरे । “कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक दुई थोपा बीष पिएर म मर्दिन,” उनले भने ।

लामिछानेले देशका भ्रष्टाचारीहरूलाई मेजमानी दिइएकोमा आक्रोश व्यक्त गर्दै आफू भने एक्लै रहेको बताए । पुरानो राजनीतिक दलका केही व्यक्तिहरूले आफूलाई बदनाम गराउन दुष्प्रचार गरेको भन्दै उनले उनीहरूलाई आफ्नै विरासतको पतनमा ध्यान दिन सुझाव दिए ।

लामिछानेले अन्तरिम सरकारलाई परिणामबाट सार्थक बनाउनुपर्नेमा जोड दिँदै आफ्नो सहयोग रहने वचन दिए ।

१. २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने।
२. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्तिहरू एकै निर्णयबाट रद्द गरिनुपर्ने।
३. कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्ने र सुब्बादेखि न्यायाधीशसम्मले पुनः परीक्षा दिनुपर्ने।
४. सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्ने।
५. राजदूतहरूको नियुक्तिमा समेत मेरिटोक्रेसीको विधि लागू हुनुपर्ने ।

Skip This
Skip This
Logo