कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनः कार्य सुचारु

कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनः कार्य सुचारु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरी स्थानीयहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् ।

स्थानीय सुनिल केसीका अनुसार स्थानीहरु सबै मिलेर सरसफाई गर्नुकासाथै आधारभूत सामग्रीको व्यस्थापनपछि पुनः कार्य सुचारु गरिएको हो । उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग-यौं लत्ता कपडाको कुराहरु,खाद्यान्न,सत्ने ठाउँ भाँडाकुडा जस्ता आधारभूत कुराहरुको व्यवस्था ग-यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँग प्रहरी छ है, जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टा उहाँहरु खट्नुहुन्छ, हामी पनि तपाईंहरुलाई परेको अप्ठ्यारोमा साथ दिन्छौं है भन्ने सन्देश दिन खोजेको हौं ।’

स्थानीयहरुको यो कदमले प्रहरीहरुको मनोबल उठाउने उनले विश्वास गरे ।

त्यस्तै प्रहरी वरिष्ठ नायव निरिक्षक चन्द्र कुँवर श्रेष्ठले नागरिक समाज नै आफूहरुको साथमा भएपछि ढुक्कले काम गर्न सकिने वातावरण निर्माण भएको बताए । ‘अब हामीलाई पनि डर छैन । यत्रो नागरिक समाज हाम्रो साथमा हुनुन्छ भन्ने महसुस भएको छ ।’

उनले प्रभागमा बस्न सक्ने अवस्था नभएपछि पछाडिको पर्खालबाट भागेर आफूले ज्यान बचाएको स्मण गरे ।

Skip This
Skip This
Logo