काठमाडौं

सरकारले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नेपाली नागरिकता दिने भएको छ । "/>

यस्ता प्रक्रिया पूरा गर्ने गैरआवासीय नेपालीले नागरिकता पाउने

यस्ता प्रक्रिया पूरा गर्ने गैरआवासीय नेपालीले नागरिकता पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने गरी नेपाली नागरिकता दिने भएको छ । एनआरएनलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्रयोग गर्न मिल्ने गरी ‘गैरआवासीय नेपाली नागरिकता’ प्रदान गर्न सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

सरकारले संघीय संसद सचिवालयमा दर्ता गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा ‘गैरआवासीय नेपाली नागरिकता’ गृह मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेपछि प्रदान गर्ने व्यवस्था गरिएको छ ।

ऐनको दफा ७ मा (क) थप गरेर एनआरएनलाई नागरिकता दिने प्रावधान थप भएको हो । ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त सक्नेछ,’ संशोधित विधेयकमा छ ।

एनआएनले नागरिकता प्राप्त गर्न साबिकमा नेपालको नागरिकता लिई परित्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण तथा निवेदक तथा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण समेत मन्त्रालयमा पेस गरेर मन्त्रालयमा निवेदन पेस गर्नुपर्ने व्यवस्था राखिएको छ । यसअघि एनआरएनले गैरनेपाली नागरिकता प्रदान गर्न माग गर्दै आएका थिए । सरकारले कानुन संशोधन गरेर उनीहरुलाई नागरिकता दिने प्रक्रिया थालेको हो ।
राजधानीबाट

Logo