बाग्लुङ
बाग्लुङको पश्चिम निसीमा सञ्चालित दुई वटा लघु जलविद्युत आयोजना बन्द हुँदा दुई हजार घरधुरी अन्धकारमा छन् । निसीखोला गाउँपालिका–२ देखि ५ नं. वडाका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका हुन् ।
स्थानीयले चन्दा संकलन गरेर निर्माण गरेको निसीखोला लघु जलविद्युत आयोजना दोस्रोको नहर पहिरोले बगाए पछि एक हजार एक सय घर अन्धकारमा बस्न बाध्य भएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । एक साता अघि निसीखोला पहिलोको विद्युत गृहमा खराबी आएकाले मर्मत गर्न नसक्दा ९ सय घर पहिले देखी नै अन्धकारमै थिए । एक सय किलोवाट क्षमताको यो आयोजना मर्मत नहुँदै दोस्रो आयोजना समेत बन्द भएको छ ।
केन्द्रीय प्रसारण लाईन पुग्न नसक्ने देखेपछि स्थानीयले चन्दा संकलन गरेर वैकल्पिक उर्जा प्रवद्र्र्धन कार्यक्रमको सहयोग समेत जुटाएपछि बर्षौ अगाडि आयोजना बनाएका थिए । एक सय किलोवाट क्षमताको यो विद्युतबाट स्थानीयले कुटानी पिसानी मिल चलाउनुका साथै फर्निचर, लगायतका घरेलु उद्योग सञ्चालन गरेका थिए । ती उद्योग समेत बन्द अवस्थामा रहनुका साथै क्षति समेत भएको व्यवसायी बताउँछन । विद्युत अभावमा मोवाईल समेत चार्ज गर्न नसक्दा सम्पर्क गर्न समस्या भइरहेको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया