काभ्रे

जिल्लाको उत्तरीभेग मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डन स्थित हलेदेटारमा पहिरोले घर पुरिँदा डेढ वर्षका बालकको ज्यान गएको छ । "/>

काभ्रेको मण्डनदेउपुरमा पहिरोले घर पुरिंदा डेढ वर्षिय बालकको ज्यान गयो

काभ्रेको मण्डनदेउपुरमा पहिरोले घर पुरिंदा डेढ वर्षिय बालकको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

काभ्रे

जिल्लाको उत्तरीभेग मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डन स्थित हलेदेटारमा पहिरोले घर पुरिँदा डेढ वर्षका बालकको ज्यान गएको छ । गए राति घर माथिबाट पहिरो खस्दा मण्डन देउपुर नगरपालिका–१० छापका हेम बहादुर तामाङका डेढ वर्षका छोराको ज्यान गएको हो । त्यस्तै २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुधबार विहान २ः १५ बजे स्थानीय हेमबहादुर तामाङको घर भन्दा माथिबाट आएको पहिरोमा पुरिएर तामाङको १८ महिनाका छोरा दिपक तामाङको मृत्यु भएको हो । पहिरोले तामाङको घर क्षति हुनुको साथै दुई वटा जस्ताको टहरा समेत बगाएको छ ।

प्रहरीले आज बिहान पहिरो हटाएर बालकको शव निकालेको छ । घरका अरु सदस्य भने भागेर बाँच्न सफल भएका छन् । गएराती देखि यसभेगमा भिषण वर्षा भएको थियो । घटनामा अन्य भौतिक क्षति कति भयो भन्ने थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo