काठमाडौँ
प्रतिनिधिसभा नियमावली बनेको दुई महिना पछि संसदीय समितिहरूले पूर्णता पाएसँगै संसदीय समितिमा सभापतिका लागि शीर्ष नेताहरूको दौडधुप सुरु भएको छ । प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका चारका साथै संयुक्त दुई समितिको सभापति चयन प्रक्रिया सुरु भएको हो ।
संसदीय दलले आवश्यक गृहकार्य गरेपछि समितिका सभापति चयन गर्ने प्रक्रिया अघि बढाउनेछ । समितिको सभापति चयनका लागि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक देव गुरुङले शीर्ष तहमा परामर्श गरिरहेका छन् । सबै समितिमा नेकपाको बहुमत रहेकाले लेखा समिति बाहेक अन्य समितिमा सोही पार्टीका सभापति हुने सम्भावना रहेको छ । यद्यपि, सत्तारूढ संघीय समाजवादी फोरमले एउटा समितिको सभापति अपेक्षा गरेको छ । लेखा समिति भने प्रमुख प्रतिपक्षलाई दिइने प्रचलन भएकाले आफूहरूले त्यसको सम्मान गर्दै विपक्षीलाई नै दिने उपेनेता नेम्वाङले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा नेता योगेश भट्टराई संसदीय सुनुवाइ विशेष समितिको सभापतिका बलियो दाबेदार हुन् । उनलाई पार्टी भित्र समेत नेतृत्वदायी भूमिका रहेको नेताको रूपमा हेरिएको छ । दीपकराज जोशीलाई प्रधानन्यायाधीश अस्वीकार गर्ने समितिको निर्णय तय गर्नका लागि आधार तयार पार्ने र समितिमा सबै सांसदबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने सांसदका रूपमा उनलाई हेरिएको छ । उनले सुनुवाइको क्रममा खेलेको भूमिकाले उनको नेतृत्व गर्ने क्षमतालाई स्पष्ट रूपमा देखाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया