चितवन
चितवनको टाँडीमा गएराती बस र ट्रक एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
मंगलबार राति काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ६ ख १७४१ नम्बरको बस र हेटौंडाबाट नारायणगढको लागि छुटेको ना ५ ख ५९ ४१ नम्बरको ट्रक रत्ननगर नगरपालिका १० टाँडीमा एकआपसमा ठोक्किँदा ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका २ का ३४ वर्षका मोहन घिसिङ र सहचालक ३० वर्षका बुद्धिमान लामाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाएकी बसमा यात्रा गरिरहेकी महिलाको भने पहिचान भएको छैन । घाइतेको चितवनमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी छ । इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । मृतक चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो ।





























प्रतिक्रिया