प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने

प्रधानमन्त्री कार्कीले तत्काल १५ मन्त्रालय आफैं हेर्ने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की मन्त्रीमण्डल विस्तारमा लागिपरेकी छन् । कार्कीले आज तीन मन्त्री नियुक्त समेत गरेकी हुन् । कार्कीले तत्काल प्रधानमन्त्री बाहेक १५ मन्त्रालय आफैंले सम्हाल्नेछिन् ।

जसमा उद्योग, वाणिज्य तथा आपूर्ति कृषि तथा पशुपन्छी विकास,खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्रालय यस्तै  श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,  सङ्घीय मामिला तथा सामान्य प्रशासनस सञ्चार तथा सूचना प्रविधि र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयसहित ३ मन्त्रालयको जिम्मेवारीमा आजै नियुक्त गरेका छन् । कुलमानलाई शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

यस्तै अधिवक्ता समेत रहेका ओम प्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनालले अर्थमन्त्रीकाे जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । साथै आजै पदभार समेत ग्रहण गरिसकेका छन् ।

Skip This
Skip This
Logo