भिष्म ओली (ओली भाई)
सिड्नी, अस्ट्रेलिया
विगत वर्षहरु झैँ यस वर्ष पनि अस्ट्रेलियामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको रौनक शुरु भइसकेको छ । विदेशमा आएर पनि नेपाली कला र संस्कृतिको जगर्ना गर्न नेपालीहरु दिन प्रति दिन लागि परेका छन् । यस्तै बिगत ५ वर्ष देखि लगातार तीज र अरु विभिन्न नेपाली कार्यक्रमहरु आयोजना गरेर नेपाली दर्शकको मनमा बस्न सफल नाम हो बिरेन्द्र दिप मल्ल र उनको कम्पनी (बि एम स इन्टरटेनमेन्ट)
सन् २०१४ देखि यस्ता नेपाली कार्यक्रमहरु आयोजना गरेका मल्लले यस पाली भने नेप्लीज स्कवाड इन्टरटेनमेन्ट संग सहकार्य गरेर कार्यक्रमको आयोजना गर्दै छन् । एसफिल्ड पार्कमा आयोजना हुन लागेको यो कार्यक्रम निःशुल्क हुनेछ
। कार्यक्रममा नेपालका प्रख्यात लोकदोहोरी गायक गायिकाहरु क्रमशः पशुपति शर्मा, मंजु पौडेल, देवी घर्ति मगर, शन्तु थापा साथै प्रसिद्ध निर्त्य निर्देशक विजय जुङ्ग थापाको बेजोड प्रस्तुति हुनुका साथ साथै अरु विभिन्न कार्यक्रमहरु हुने आयोजक बताउँछन् ।
बिगत केहि वर्ष देखि सिड्नीमै बसेका निर्त्य निर्देशक विजय जुङ्ग थापाले यस्ता नेपाली कार्यक्रमहरु हुने गरेकोमा साह्रै खुशी लागेको बताए । सात समुन्द्र पारी आएर पनि नेपाली दर्सकहरूलाई मनोरंजन दिन पाउनुलाई धेरै भाग्यमानी ठान्ने थापाले अस्ट्रेलिया आएर पनि नेपाली गीतहरुमा नृर्त्य निर्देशन गरिसकेका छन् ।
पशुपति शर्मा, मञ्जु पौडेल , सिन्धु मल्ल, रामजी खाँड, चन्दा अर्याल, प्रकाश रेग्मी जस्ता कलाकारहरुलाई विभिन्न नेपाली कार्यक्रमको लागि सिड्नी ल्याईसकेका बिरेन्द्र दिप मल्ल यसपालीको कार्यक्रम अझै रमाइलो र मनोरन्जन हुने बताउछन् ।
नेपाली गायक गायिकाको गन्तव्य बन्दै गरेको कारण आगामी बर्षहरुमा पनि यस्ता धेरै कार्यक्रम हरु गरेर नेपालीहरु लाई मनोरंजन दिने उनले बताए ।
यसपाली नेप्लीज स्कवाड इन्टरटेनमेन्टका यी कार्यक्रमहरु अस्ट्रेलियाका विभिन्न ६ ठाउँमा हुने छन् । मेल्बर्नमा ११ तारिख बाट सुरु हुने कार्यक्रम १२ तारिखमा अल्बरी, १७ मा अस्ट्रेलियाको राजधानी क्यान्बेरा, १८ मा सिड्नी, २५ मा ब्रिस्बेन र २६ तारिखमा पर्थ मा गएर सकिने छ ।































प्रतिक्रिया