भारतमा गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । भारतको हिमाञ्जल प्रदेश स्थित सिमला जिल्लाको कोटखाई नजिकै गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।

प्रारम्भिक अनुसन्धान अनुसार चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप भीरमा खसेको थियो । लक्ष्मी घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी थिइन् तर उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो ।

Skip This
Skip This
Logo