यसपाली दसैँको लागि अग्रिम टिकट बुकिङ नहुने

यसपाली दसैँको लागि अग्रिम टिकट बुकिङ नहुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । यो वर्षको दसैँका लागि आवतजावत गर्ने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज मंगलबार भएको छलफलले यस्तो निर्णय गरेको हो ।

सरकारले विगतका बर्षहरुमा दसैँमा घर जाने सर्वसाधारणका लागि अग्रिम टिकट खुलाउँदै आएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको बताए । उनले स्कुल बन्द भइसकेकाले धेरै मानिस घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको जानकारी दिएका छन् । टिकट बुकिङ खुल्ला नभएपनि चाडपर्वमा यातायात भने सहज हुने उनको भनाई छ ।

दशैँ नजिकिए सँगै राजधानी काठमाण्डौँ देखी देशका विभिन्न जिल्ला तथा गाउँहरुमा लाखौँको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् ।

Skip This
Skip This
Logo