पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

पर्वत कारागारबाट कैदी भगाउन सहयोग गर्ने १४ जना पक्राउ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। पर्वत जिल्ला कारागारबाट कैदी र थुनुवा भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १ महिलासहित १४ जनालाई पक्राउ गरेको छ। देशको असामान्य अवस्थाको फाइदा उठाएर हुलहुज्जतमा कैदी भगाएको भन्दै शनिबार उनीहरूलाई पक्राउ गरको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिकाबाट १२, विहादी गाउँपालिकाबाट १ र चितवनबाट १ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि कारागार ऐन २०७९ अनुसार अनुसन्धान भइरहेको छ। केहीलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोप पनि लागेको छ। भदौ २५ गते राति पर्वत कारागारबाट १९ कैदी फरार भएका थिए। तीमध्ये पर्वत कारागार बाट फरार ५ जना र कास्की कारागारबाट भागेका ५ जना गरी १० जनालाई प्रहरीले पुनः पक्राउ गरी जेल चलान गरेको छ।

प्रहरीले बाँकी फरार कैदीलाई आत्मसमर्पण गर्न र सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको कारागार कार्यालय पर्वतका सुचना अधिकारी महेन्द्र रेग्मीले जानकारी दिए ।

Skip This
Skip This
Logo