जेन जी आन्दोलनका ६ सहिदहरुको शव हेलिकप्टरमार्फत पठाइयो

जेन जी आन्दोलनका ६ सहिदहरुको शव हेलिकप्टरमार्फत पठाइयो

केन्द्रबिन्दु
51
Shares

जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव हेलिकप्टरमार्फत उपत्यका बाहिर पठाइएको छ। उदयपुरमा दुई जना र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १÷१ जनाको शव पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिएका छन् । ।

शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर ६ वटा शव उपत्यका बाहिर पठाइएको खनालले बताए । आजै अन्य ४ जनाको राजकिय सम्मानका साथ पशुपती आर्यघाटमा अन्त्यष्टी गरिएको छ । जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु भएको छ । जसमा प्रहरीतर्फ ३ जना छन्। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार प्रहरीतर्फ मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा गरेर मात्रै २१ जनाले ज्यान गुमाएका छन् ।मृत्यु हुनेमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ छन् ।

Skip This
Skip This
Logo