गगने भीरमा पहिरोखस्दा कर्णाली राजमार्ग अवरुद्ध

गगने भीरमा पहिरोखस्दा कर्णाली राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । गएराती परेको अवरल बर्षाका कारण कर्णाली राजमार्गको गगने भीरमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्धभएको छ ।कर्णाली राजमार्गको कालिकोट खण्डको गगने भीरमा मंगलबार राति पहिरो खसे पछि राजमार्ग अवरुद्धभएको हो ।

असार यतागगने भीरमा २८ पटकपहिरो खसेको छ भने राजमार्ग अवरुद्धहुँदायात्रुले सास्तिभोग्नु परेको छ ।वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुङ्गा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोट प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए ।
‘गगने खोलामा नियमित पहिरो गएपछि बटो खुलाउन कठिन भएको छ । उनले भने ‘वर्षा रोकिएपछि बाटो खुलाउने गरि पहल भईरहेको छ ।’ बिहानै देखि राजमार्ग खुलाउन प्रयास गरिए पनि माथिबाट पुन पहिरो खस्न थालेपछि अहिले काम रोकिएको उनले बताए ।
पहिरो पन्छाउन जेसीभी मेसिन लगाइसकेको र वर्षा नरोकिए पछि राजमार्ग खुलाउन समस्या भएको उनको भनाई छ ।
राजमार्ग अवरुद्धभएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएकाछन् ।

Logo