हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाह लाई व्यवस्थित गर्ने

हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाह लाई व्यवस्थित गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ । नगर अनुगमनका क्रममा उपमहानगरकी प्रमुख मीनाकुमारी लामाले सेवा प्रवाह लाई अझ प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यका साथ सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।
प्रमुख लामाले खरानी बाट उठेर कामलाई व्यवस्थित गर्दै संरचनागत विकासमा लाग्नु अहिलेको आवश्यकता रहेको धारणा राखिन् ।
उनले नगरको समग्र सेवा प्रवाहलाई आधुनिक र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रह समेत गरिन् । उनले नगरवासीलाई समयमै सेवा उपलब्ध गराउने र नगरको विकासलाई दिगो तथा योजनाबद्ध बनाउनेतर्फ प्राथमिकता दिने स्पष्ट पारेकी छन् ।

Skip This
Skip This
Logo