‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउँदै सरकार

‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउँदै सरकार

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सरकारले जेनजी प्रदर्शनमा क्षति भएका भवनहरुकाे स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट आर्थिक तथा भौतिक सहयोग संकलन गरी पुनर्निर्माण अभियान सुरु गर्ने योजना रहेको बताएको छ ।

‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने तयारी गरिएकाे हो । त्यसका लागि सहरी विकास मन्त्रालयले कार्यदल गठन गरी काम सुरु गरिसकेको छ । मन्त्री कुलमान घिसिङले यसबाट हामी उठ्यौं भन्ने सन्देश जाने विश्वास व्यक्त गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका घिसिङले मङ्गलबार सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए । त्यसक्रममा मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जानकारी पनि दिए ।

Skip This
Skip This
Logo