लमजुङ । मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ । बेसीशहर–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो । "/>

मर्स्याङ्दीले दुई जना बगायो, एकको उद्धार

मर्स्याङ्दीले दुई जना बगायो, एकको उद्धार

केन्द्रबिन्दु
0
Shares

लमजुङ । मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा नदीले दुई जनालाई बगाएको छ । बेसीशहर–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुई जनालाई बगाएको हो ।

बेसीशहर–८ मकैडाँडाका १४ वर्षीय योगेन्द्र रिमाल र १५ वर्षीय अजित थापालाई नदीले बगाएको हो । बगाएर बेपत्ता भएकाहरुलाई प्रहरी र सेनाले खोजी गरिरहेको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।

पौडी खेल्न गएका तीन जनामध्ये एक जनाको उद्धार भएको हो । करीब ४५ मिनेट पानीमा पौडिरहेका मकैडाँडाकै प्रतीक रिमाललाई नेपाली सेना, प्रहरी र स्थानीयवासीले उद्धार गरेका हुन् ।

आजकै दिन बेसीशहर–१ मा रहेको गाईखुरे झरना र सँगै रहेको मध्यमस्र्याङ्दीको बाँधबाट बनेको तलाउमा नुहाउने तथा पौडी खेल्नेहरुको भीड लाग्ने गर्दछ । नदीमा तीव्र छाल र धमिलो पानी भएकाले हराएकालाई भेट्टाउन कठिन भएको प्रहरीले जनाएको छ । रासस

Skip This
Skip This
Logo