दुई हजार बर्ष पुरानो चिहान खनेर मान्छेको रगत पिउन भिड

दुई हजार बर्ष पुरानो चिहान खनेर मान्छेको रगत पिउन भिड

केन्द्रबिन्दु
0
Shares

मिश्रको एलेक्जिेन्ड्रियामा ३ हप्ता पहिलादेखि जमिन खन्ने काम सुरु भएको छ । लगभग १६ फिट जमिन खनिसकेपछि उनीहरुले एउटा २००० वर्ष पुरानो चीहान फेला पारेका थिए ।

उक्त चिहान उनीहरुले खोलिदिएका थिए । २७ हजार किलोको पत्थरबाट बनेको उक्त चीहानलाई लिएर स्थनीहरुले चर्चाको विषय बनाएका थिए । उनीहरुले यो एउटा श्रापित चीहान हो, र यसलाई खोल्यो भने अनिष्ट हुने भ्रम पालेर बसेका थिए । तर तमाम चेतावनीको बाबजुद पुरातत्व विभागले उक्त चीहानलाई खोलेरै छोड्यो । त्यहाँ उपस्थित सम्पुणर््ा ब्याक्तिहरु पुरातत्व विभागले खोलिरहेको चीहानलाई नियालिरहेका थिए ।

तर त्यो चीहानलाई खोल्ने बित्तिकै सबैले चित्कार गर्न थाले । त्यहाँ मानव शरिरका ३ कँकाल रहेका थिए । त्यहाँ जमेको रगत सहितको पानी थियो । त्यहाँका नागरिकहरुलाई अधिकारीहरुले पहिला सेनाका लडाकुहरुको शव यसरि राखिएको हुन सक्ने बताएको छ । पुरातत्व विभागले ३ मानव कँकालहरुलाई एलेक्जेन्ड्रिया नेशनल म्युजियममा पठाएको छ भने उक्र चीहानलाई सेनाको जिम्मा लगाएको छ । तर अहिले रक्त मिश्रित पानी पिउन धेरै मानिसहरु लागि परेका छन् ।

एक ब्याक्तिले आफुले रक्त मिश्रित पानी पिएर पुर्व मिश्रका शक्तिशाली ब्याक्ति बन्न चाहेको कुरा अनलाइनमा पोस्ट गरेपछि अहिले धेरैले उक्त रक्त मिश्रित पानी पिउन चाहेको बताएका छन् ।

Skip This
Skip This
Logo