काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको गृहमन्त्रालय ओमप्रकाश अर्यालले सम्हालेलगत्तै देशभर प्रहरी कर्मचारीको व्यापक हेरफेर गरिएको छ। बुधबार सार्वजनिक सूचीमा ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरिएको हो ।
योसँगै एसपी इन्चार्ज रहने धेरै जिल्लामा नेतृत्व हेरफेर भएका छन्। लामो समयदेखि इन्चार्ज नपाएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसी बाँके सरुवा भएका छन्। मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेबे, सप्तरीमा गौतमकुमार केसी, दाङमा दीपेन्द्र श्रेष्ठ र पाल्पामा दीपेन्द्र पंजियार थारु सरुवा भएका छन्। अन्य विभिन्न कार्यालय अन्तर्गतका एसपीहरूलाई पनि सरुवा गरिएको छ।





त्यस्तै, ९० जना डीएसपीहरुको सरुवा हुने क्रममा इलाका प्रहरी कार्यालय इटहरीमा सुवास हमाल, प्रहरी वृत्त बौद्धमा सन्तोष रोका, पर्वतमा विजय यादव, मुगुमा रविराज थपलिया र प्रहरी वृत्त स्वयम्भूमा मोहनमणि अधिकारीलाई तानिएको छ । डडेलधुरामा वरुण सिंह, भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा प्रह्लाद कार्की, प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमल र दरबारमार्ग वृत्तमा नारायण डाँगीलाई सरुवा गरिएको छ ।






































प्रतिक्रिया