च्याम्पियन्स लिगमा पीएसजीले एटलान्टालाई हरायो

च्याम्पियन्स लिगमा पीएसजीले एटलान्टालाई हरायो

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । युईएफए च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी)ले विजयी सुरुवात गरेकाे छ ।

पीएसजीले उत्कृष्ट प्रदर्शन गर्दै एटलान्टालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हाे । खेलमा पीएसजीले सुरुदेखि नै एटलान्टामाथि दबाब कायम गरेको थियो। खेलको तेस्रो मिनेटमै कप्तान मार्किन्होसले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

त्यसपछि, खेलको ३९ औँ मिनेटमा ख्विचा क्वारात्सखलियाले शानदार एकल प्रयासमा दोस्रो गोल गरे। पहिलो हाफ २-० को स्थितिमा सकिएको थियो।

दोस्रो हाफमा पनि पीएसजीको आक्रमण रोकिएन। ५१ औँ मिनेटमा नुनो मेन्डेसले गोल गरेर स्कोर ३-० पुर्याए। खेलको अन्तिम समयमा इन्जुरी टाइममा वैकल्पिक खेलाडी गोन्कालो रामोसले गोल गर्दै पीएसजीको जितलाई ४-० को विशाल अन्तरमा पुर्याए।

Skip This
Skip This
Logo