लन्डन

रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ । "/>

विश्वकपका गोल्डेन बुट विजेता केनको तस्बिर पैसामा

विश्वकपका गोल्डेन बुट विजेता केनको तस्बिर पैसामा

केन्द्रबिन्दु
0
Shares

लन्डन

रुस विश्वकपका गोल्डेन बुट विजेता हेरी केनको तस्बिर राखिएको पैसा बजारमा ल्याइएको छ । यो पैसा बेलायती सरकारले भने छपाएको होइन, बेलायती एक चित्रकारले पाँच रुपैयाँको नोटमा केनको तस्बिर राखेर बजारमा ल्याएका हुन् । यद्यपि यो कारोबारलाई बेलायत सरकारले कानुन अनुसारकै मान्ने गरेको छ ।

रुस विश्वकपमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका केनको सम्मानमा चित्रकार ग्राहम सर्टले पाँच रुपैयाँको नोटमा उनको तस्बिर राखिदिएका हुन् । केनको तस्बिर राखिएको पाँच रुपैयाँको त्यस्ता ६ वटा नोटबाट उनले बजारमा कारोबार समेत गरिसकेका छन् ।

उनले आफूले यसअघि नै घोषणा गरे अनुसार ती रकम वेल्सस्थित मर्थिर टिड्फिल सहरका विभिन्न रेस्टुरेन्टमा कारोबार गरेको जनाएका छन् । जुन नोट आफैं हजारौं रकममा बिक्री हुन सक्छन् । चित्रकार सर्टले आफूले तयार पारेका मध्ये प्रत्येक नोट ५० हजार रकम बराबरको रहेको जनाएका छन् ।

चित्रकार सर्टले आफूले निकै मेहनत गरेर नोटमा केनको तस्बिर राखेको बताएका छन् । ‘मैले यसका लागि विशेष मेहनत गरेको छु । विशेष खालको निडल प्रयोग गरेर उनको तस्बिरलाई नोटमा राखेको हुँ’, सर्टले भनेका छन्, ‘विश्वकपमा देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएको सम्मानस्वरूप मैले यो मेहनत गरेको हुँ ।’ सर्टले आफूले तयार पारेका त्यस्ता नोट मध्ये एउटा उनै केन र अर्को बेलायती फुटबल संघलाई उपहार दिएको पनि बताएका छन् ।
एपी/रासस

Skip This
Skip This
Logo