काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले चार लाख १४ हजार ५५० नगद सहित १७ जुवाडे पक्राउ गरेको छ । "/>

चार लाख १५ हजार नगद सहित सत्र जना जुवाडे पक्राउ

चार लाख १५ हजार नगद सहित सत्र जना जुवाडे पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौँले चार लाख १४ हजार ५५० नगद सहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले विहिबार दिउँसो काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार बोहोरा, सरोज घले, जीवन पाठक रहेका छन् । यस्तै ललितपुरका मुकुन्द चौलागाईँ, काभ्रेका राम लामा, केदार बुढाथोकी, गोरखाका गंगा थापा, महोत्तरीका वीरेन्द्र सिंह, नुवाकोटका कुमार खड्का र नवराज सिंह रहेका छन् ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेकासँग चार लाख १५ हजार ५५० नगद , कौडा १६ थान, सेतो पिठो भएको प्लेट एक थान, जुवा खाल भुईँमा विच्छाएको तन्ना एक थान लगायत बरामद गरिएको बताए । पक्राउ परेका सबैलाई जुवा मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।
रासस

Skip This
Skip This
Logo