काठमाडौं

सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । "/>

सातै प्रदेशमा एक / एक वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको घोषणा

सातै प्रदेशमा एक / एक वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम समेटेको हो । अहिले प्रदेश ३ मा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । प्रदेश ४ मा पोखरा विमानस्थल निर्माणाधीन अवस्थामा छ भने प्रदेश ५ को भैरहवामा पनि गौतमबुद्ध विमानस्थल बनिरहेको छ ।

सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरिसकेको छ । यसबाहेक प्रदेश १ को विराटनगर र प्रदेश ७ को धनगढी विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने पर्यटन मन्त्रालयको योजना छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल सहित सातवटै प्रदेशका पर्यटनमन्त्री समेतको उपस्थितिमा पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् । पाँचवर्षे अवधिमा निजगढ विमानस्थलको निर्माण ५० प्रतिशत पूरा भइसक्ने सरकारको घोषणा छ ।

यस्तै मन्त्रालयको पाँच वर्षे योजनाले आगामी ५ वर्ष भित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य सहित सरकारले भिजिट नेपाल २०२० मनाउँदै छ । मन्त्रालयको पाँच वर्षे योजना अनुसार नयाँ गन्तव्य तयार भई पर्यटकीय आकर्षणको केन्द्र बन्ने मन्त्रालयले उल्लेख गरेको छ ।
नयाँ पत्रिकाबाट

 

Logo