काठमाडौं

काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । "/>

काठमाडौं महानगरमा उच्च बेथिती, उपहार किन्न मात्रै ७५ लाख विनियोजन !

काठमाडौं महानगरमा उच्च बेथिती, उपहार किन्न मात्रै ७५ लाख विनियोजन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव) , अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नु पर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको जानकारी दिए ।

उनले विदेशी राष्ट्राध्यक्ष, प्रधानमन्त्री, मन्त्री, उच्च ओहदाका प्रतिनिधि, कुटनितिक नियोगका प्रतिनिधि लगायतका पाहुनालाई उपहार दिने प्रचलन रहेको बताए । कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ ।

यस्तै मशलन्द र छपाईमा २ करोड २५ लाख, जनशक्ती तालिममा २ करोड, बैठक तथा समिति भत्तामा १ करोड ५३ लाख, बैठक तथा समिति खर्च तर्फ ३५ लाख, परामर्श शुल्क तर्फ ३० लाख, भ्रमण र दैनिक भत्तातर्फ १ करोड ६० हजार रुपियाँ विनियोजन गरिएको छ । जनप्रतिनिधिले स्थानीय निकाय संचालन गरेपछि यो वर्ष अधिकांस शिर्षकमा रकम बढाइएको हो ।
नेपाल समाचारपत्रबाट

Logo