जनकपुरधाम
सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएका आरोपितलाई पक्राउ गर्न उच्च अदालत धनुषाले परमादेश जारी गरेको छ । सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत विकलाई २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले निर्घात कुटपिट गरी अस्पताल लाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए ।
घटनामा संलग्न रहेका अभियुक्त मध्ये अधिकांश राजनीतिक दलमा आबद्ध भएकाले प्रहरीले पक्राउ गर्ने आँट गरेको छैन । हत्या अभियुक्त मध्येका एक अभिराम शर्मा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री हुन् । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त रहेका शर्मालाई अहिले सशस्त्र प्रहरीकै सुरक्षा छ । बुधबार उच्च अदालतले उनलाई पक्राउ गर्न प्रहरीको नाममा परमादेश जारी गरेको छ ।
हत्या गरिएका असई विककी श्रीमती शोभा गहतराजले उच्च अदालत जनकपुरमा दिएको निवेदन माथि सुनवाइ गर्दै न्यायाधीश माधवप्रसाद पोखरेल र डा रविशर्मा अर्यालको संयुक्त इजलासले बुधबार जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखको नाममा परमादेश जारी गरेको हो । फैसला बुधबार आएपनि पूर्णपाठ भने बिहीबार मात्र आएको उच्च अदालतका स्रेस्तेदार मान बहादुर कार्कीले जानकारी दिए ।
महोत्तरी जिल्ला अदालतबाट असई विकको हत्याकाण्डमा संलग्न २५ जनाका नाममा वारेण्ट सहितको म्याद जारी भएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया