काठमाडौं

छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छिन् । "/>

न्यायाधीश शर्मा विरुद्ध न्यायपरिषदमा गंगामायाको उजुरी

न्यायाधीश शर्मा विरुद्ध न्यायपरिषदमा गंगामायाको उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

छोराको हत्यारालाई कावरवाहीको माग गर्दै पछिल्लो पटक ४४ दिन अनसन बसेकी गंगामाया अधिकारीले मुद्धालाई प्रभावित पार्ने कार्य गरेको भन्दै चितवन जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद शर्मालाई कार्वाहिको माग गर्दै न्यायपरिषदमा उजुरी दर्ता गरेकी छिन् ।

हत्याका आरोपित छविलाल पौडेल न्यायीक हिरासतमा बसेसँगै न्यायाधीश शर्माले मुद्धा प्रभावित पार्न विभिन्न गतिविधि गरेको भन्दै अधिकारीले न्यायपरिषद्लाई छानविन गरि कारवाहीको माग गरेकी हुन् । अनुचित प्रभावमा परी न्यायाधीशको आचरण प्रतिकुल हुने गरी काम गरेको भन्दै न्यायपरिषदमा मंगलबार अधिवक्ता पुष्पराज पौडेलले उजुरी दर्ता गराएका थिए ।

उजुरीमा हत्याका आरोपी न्यायीक हिरासतमा बसेको भोलि पल्टै आफ्नो मुद्दा हेरि रहेका न्यायाधीश शर्माले साउन २० मा तोकिएिको पेशिमा फैसला नै हुन्छ भनि न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतको प्रभावमा परी कानून विपरित मुद्दामा कार्वाही गर्ने गरि पत्रकार सम्मेलन गर्नु भएकोले न्याय परिषद ऐन २०७३ को दफा ११ को उपदफा (१) को देहाय (च) को आधारमा यो उजुरी निवेदन दिन वाध्य भएको गंगामायाले जनाएकी छिन् ।

मुलुकी ऐनको ११५ नंम्बरमा निर्दिष्ट कार्यविधीको अंग नै नपुु¥याई न्यायीक आचरण विपरित प्रतिवादी छविलाल पौडेल समेतका प्रतिवादीहरुलाई सफाई दिने गरी फैसला नै गर्ने आशयको न्यायाधीश शर्माले पत्रकार सम्मेलन गरेको उनको आरोप छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo