काठमाडौं

काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । "/>

सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

सिंहदरबारमा जारको पानीको व्यापार गर्दै खानेपानी संस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ । संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालय लगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ ।

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको बताए । तर जनशक्ति अभावका कारण दैनिक १ सय ५० जार मात्रै उत्पादन गर्दै आएको बताए  । ‘हामीले पानी उत्पादन गर्ने थाहा पाएर कर्मचारी सञ्चय कोषले माग गरेको छ, छिटै सप्लाई गर्दैछौँ,’ प्रसादले भने । उनका अनुसार संस्थानको पनौतीस्थित प्लान्टबाट दैनिक पाँच सय जार पानी उत्पादन गर्न सकिन्छ ।

बजारमा अन्य कम्पनीले उपलब्ध गराएको भन्दा सुरक्षित र गुणस्तरीय भएकाले आफूहरूको पानीको माग बढी भएको महाप्रबन्धक प्रसादले दाबी गरे  । ‘माग त धेरै छ, तर माग अनुसार उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘कम्तीमा सिंहदरबारलाई पुग्ने गरी उत्पादन गर्ने लक्ष्य लिएका छौँ ।’ संस्थानका मिनरल वाटर आयोजना प्रमुख मोहनदत्त भट्ट पानीको गुणस्तरमा निकै सावधानी अपनाएको बताउँछन् । ‘बजारमा उपलब्ध अधिकांश जारको पानीमा हानिकारक जीवाणु फेला पर्दै गर्दा हाम्रो उत्पादनमा त्यस्तो केही छैन,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) द्वारा वितरित पानीमा भने उपभोक्ताको धेरै गुनासो छ । केयुकेएलले काठमाडौं उपत्यकाको घरघरमा खानेपानी उपलब्ध गराउने जिम्मा लिएको छ । खानेपानीको नाममा खानै नमिल्ने हिलो गनाउने पानी समेत उपभोक्ताको घरमा पठाउने गरेको छ । लिमिटेडले जमिनमुनिबाट तानेर विनाप्रशोधन सीधै पठाउँदा पैसा तिरेर पनि काठमाडौंका उपभोक्ता हिलो पानी थाप्न बाध्य छन् ।
नयाँ पत्रिकाबाट

Logo