काठमाडौँ — फितलो ब्याटिङका कारण नेपालले नेदरल्यान्ड्ससँग हार बेहोर्नु पर्यो । नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको लक्ष्य नेपालले पछ्याउन सकेन । ४२ औं ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमा नेपाल समेटियो ।
उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृट पारी खेल्दै ५१ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३३ र पारस खड्काले १२ रनको योगदान दिए । धेरैजसोले दोहोरो अंक समेत जोड्न सकेनन् । सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ ।
पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १ सय ९० रनमा समेट्न सफल भएको थियो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४८ औँ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन जोडेको थियो ।





























प्रतिक्रिया