काठमाडौँ

तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । "/>

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले तीन वर्ष अघि पहिलो पटक कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि देशलाई तुइनमुक्त बनाएर झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरेका थिए ।

देशभर तुइनलाई झोलुङ्गे पुलले विस्थापित गर्न सम्भाव्य भएका १३६ वटा मध्ये १०५ वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् भने बाँकी ३१ मध्ये २६ बटा झोलुङ्गे पुल यसै वर्ष भित्र पूरा हुने सस्पेन्सन ब्रिज डिभिजन (एसबीडी) कार्यालयका योजना प्रमुख गुरुप्रसाद शर्माले जानकारी दिए ।

बाँकी पाँच वटा झोलुङ्गे पुल भने महाकाली नदीमा भारतीय सीमासँग जोडिएकाले भारतबाट सहमति आउन बाँकी रहेको कार्यालयले जनाएको छ । मुलुकभरि १८७ वटा तुइन भएको ठाउँ पहिचान भएकोमा कठिन भूबनोट, प्राविधिक दृष्टिकोणले सम्भाव्य नभएको, नजिकै पुल भएको लगायतका विभिन्न कारणले ४१ वटा ठाउँमा झोलुङ्गे पुलबाट तुइन विस्थापित हुने अवस्था छैन ।

त्यसैगरी दश ठाउँमा दुई जिल्लाको सीमा नदीहरूमा एउटै पुलका लागि दुई जिल्लाबाट नाप नक्सा भई दोहोरो नाम परेको छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार सुर्खेत जिल्लामा तुइनलाई विस्थापित गरी निर्माणाधिन अवस्थामा रहेका दुईवटा झोलुङ्गे पुल वाहेक बाँकीको निर्माण कार्य यसै वर्ष भित्र सम्पन्न हुनेछ ।

२०२० साल देखि आर्थिक वर्ष २०७४÷७५ को अन्तिम सम्म देशभर सात हजार चार सय झोलुङ्गे पुल निर्माण भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । मुलुकभरि अहिले थप दुई हजार चार सय झोलुङ्गे पुलको माग रहेको जानकारी दिंदै योजना प्रमुख शर्माले अबको तीन वर्ष भित्र माग अनुसारको झोलुङ्गे पुल निर्माणका लागि तयारी भइरहेको बताए । चालु आर्थिक वर्षकोे वजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अबको तीन वर्ष भित्र माग बमोजिम सम्भाव्य हुने सबै ठाउँमा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिएका थिए ।
गोरखापत्रबाट

Logo